देश

झापाको एक शरणार्थी शिविरमा आगलागी

fire P4KwLu6jwB

एनएमबि न्युज डेक्स,काठमाडौँ
पुस ८ आइतवार ।

झापा दमकमा रहेको भुटानी शरणार्थी शिविरमा आज बिहान आगलागी भएको छ । दमक–३ को बेलडाँगी भुटानी शरणार्थी शिविरमा बिहान तीन बजेतिर भएको आगलागीमा तीन वटा छाप्रा जलेका छन्।

शरणार्थी शिविर सेक्टर–सी फोर बस्ने भीमबहादुर घिमिरेको बाँसको टाटी तथा टिनको छाना भएको घरमा आगो लागेको र सँगै रहेका अरु दुई वटा छाप्रा समेत जलेका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

आगलागीबाट लत्ताकपडा, अन्नपात जलेर नष्ट भएको छ । दमक नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो । बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस