नाता सम्बन्ध

पूर्व वडाध्यक्षको निसास्सिएर मृत्यु

Death Vvi1leeZ0s

एनएमबि न्यसज डेक्स,काठमाडौँ
पुस १०, मंगलबार ।

काभ्रेपलान्चोक जिल्लाको नमोबुद्ध नगरपालिका १ का पूर्व वडाध्यक्षको निसास्सिएर मृत्यु भएको छ।

चिसोका कारण हिटर र आगो बालेर सुतेका ८२ वर्षीय पूर्व वडाध्यक्ष कर्मग्याल्बो लामाको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ।

प्रहरीका अनुसार लामाकी श्रीमती असनी माया लामा बेहोस रहेको र उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ।

लामा दम्पतीले हिटर र फलामको कराइमा आगो बालेर झ्याल ढोका बन्द गरी सुतेको अवस्था मा फृला परेको प्रहरीले जनाएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस