देश

क्यान्सर पिडित शिक्षकको उपचारको लागि वालयोगेश्वर विजयमूर्ति महाराजको सहयोग

saha

एनएमबि न्युज डेक्स ,काठमाडौँ
पुस १४ सनिवार ।

क्यान्सर पिडित शिक्षकको उपचारको लागि कथा वाचक वालयोगेश्वर विजयमूर्ति महाराज श्रीले आर्थिक सहयोग गरेका छन । विभिन्न सामाजिक तथा धार्मिक क्षेत्रमा आर्थिक सहयोग गर्दै आएका कथा वाचक वालयोगेश्वरले श्री प्रभा धमकोट माध्यमिक विद्यालय साफेबगर ३ अछामका शिक्षक रतनराज रेग्मीको उपचारमा सहयोग स्वरुप आर्थिक सहयोग गरेका हुन । वालयोगेश्वरले नगद रु २५ हजार आर्थिक सहयोग गरेको शिक्षक रतनराज रेग्मी बचाउ अभियान समितिले जानकारी दिएको छ ।

 

sahayog

शिक्षक रेग्मीको खुट्टाको पैतालामा क्यान्सर देखिन गई २०७९ चैत महिनाको अन्तिम सातातिर काठमाडौँस्थित नेपाल मेडिसिटी अस्पतालमा शल्यक्रियासहित उपचार गराएका थिए । पछि करिब ४ महिनाको अस्पताल बसाएपछि गाउँ फर्केर विद्यालयमा पुनः अध्यापन गर्न सुरु गरेका शिक्षक रेग्मिलाई समस्या देखा प¥यो ।
गत कार्तिकमा नेपाल मेडिसिटी अस्पतालमा चेकजाँचको क्रमममा तिङ्ग्रा र पेटको बीचको भागमा क्यान्सर फैलिएको देखियो । त्यसपछि शिक्षक रेग्मिलाई किमोथेरापी गर्नुपर्ने भयो । उक्त उपचार पद्धती महङगो भएपश्चात शिक्षक रेग्मि आर्थिक चपेटोमा परेका छन ।

शिक्षक रेग्मि मङ्सिर १ गतेदेखि चितवन क्यान्सर अस्पतालमा सल्यक्रिया सहित उपचार गराउँदै आइरहेको छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस