जीवनशैली

अपहरणको आरोपमा चाबहिलबाट ४ जना पक्राउ

policearrest copy7

एनएमबि न्युज डेक्स,काठमाडौँ
पुस १५ आइतवार ।

काठमाडौँको चाबहिलबाट रसुवा घर भएका एकजना पुरुषलाई अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । मङ्सिर १० मा भएको भनिएको अपहरण प्रकरण पीडितले प्रहरीलाई खबर गरेपछि मात्रै बाहिरिएको हो ।

रसुवा घर भएका हिस्सीछायाँ तामाङ अपहरणमा परेका हुन् । उनले आफूलाई अपहरण गरेर बौद्ध हुँदै जङ्गलमा लगेर फिरौती लिएर छाडेको दाबी गरेका छन् । आरोपीहरूले साढे १३ लाख फिरौती लिएपछि छाडेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

अपहरणमा संलग्न आशङ्कामा ४ जनालाई सोधपुछ गर्न नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए । उनले भने–‘लेनदेन विवाद भएको देखिन्छ, हामी अनुसन्धान गर्दैछौं ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस