जीवनशैली

बालविवाहको सूचना दिनेलाई २५ हजार रूपैयाँ पुरस्कार

download

एनएमबि न्युज डेक्स,काठमाडौ
पुस १७ मंगलबार ।

प्यूठानको ऐरावती गाउँपालिकाले बालविवाह भएको जानकारी दिनेलाई पुरस्कार व्यवस्था गरेको छ।

गाउँपालिकाको आइतबार बसेको १४ औं गाउँसभाले बालविवाह न्यूनीकरणका लागि बालविवाह भएको वा हुन लागेको जानकारी दिनेलाई २५ हजार रूपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको हो।

गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले गाउँसभाबाट बालविवाह रोकथाम र न्यूनीकरणका लागि विशेष कार्यक्रमसहित अग्रसर रहने कार्यक्रम तय गरिएको जानकारी दिए।

गाउँपालिकामा बालविवाह गर्नेको संख्या अत्यधिक देखिएपछि त्यसको रोकथामका लागि बालविवाह गर्नेको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरिएको उनले बताए। बालविवाह भएको, हुँदै गरेको वा हुन लागेको जानकारी गाउँपालिका, प्रहरी कार्यालय वा जनप्रतिनिधिलाई गराउनेलाई २५ हजार पुरस्कार दिइने छ,ु उनले भने, यसले बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने विश्वास छ।बालविवाहसम्बन्धी सूचना दिनेको नाम गोप्य राखिने अध्यक्ष शाहले बताए।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस