देश

गुल्मीमा आगो ताप्ने क्रममा जलेर घाइते

aago

एनएमबि न्युज डेक्स,काठमाडौँ
पौष १८,बुधवार ।

गुल्मीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धा घाइते हुनुभएको छ । जिल्लाको इस्मा गाउँपालिका ६ अमरपुरका ६९ वर्षीय मुना महत आगो ताप्ने क्रममा जलेर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी डिल्लीनारायण पाण्डेका अनुसार मङ्गलबार साँझ करिब ५ः०० बजेको समयमा खाना पकाउने दाउराको चुलोमा आगो ताप्ने क्रममा महत आफूले लगाएको सुतीको साडीमा अचानक आगो लागि दुवै खुट्टा जलेर घाइते घाइते हुनुभएको हो ।

घाइते महतको जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारको लागि पाल्पाको मिसन अस्पतालमा रिफर गरिएको छ । दुवै खुट्टाको ३७ प्रतिशत भाग जलेको डाक्टरद्वारा जानकारी प्राप्त भएको बताइएको छ । घाइतेको अवस्था मध्यम बोल्न सक्ने रहेको डिएसपी पाण्डेले बताउनुभयो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस