जीवनशैली

बाजुरामा गर्भवती महिलामाथि बलात्कार, एकजना पक्राउ

thumb

एनएमबि न्युज डेक्स, काठमाडौँ
पौष १८,बुधबार ।

बाजुरामा एक गर्भवती महिलामाथि बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।जिल्लाको हिमाली गाउँपालिकाकी ३५ वर्षीया एक गर्भवती महिलामाथि जबरजस्ती करणी भएको आरोपमा प्रहरीले सोही ठाउँका एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धन गरिरहेको छ । उनीविरुद्ध अदालतबाट म्याद समेत थप भइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी किशोरसिंह ऐरीले जानकारी दिए ।

पुस १० गते महिलामाथि बलात्कार गरेको भन्दै तीन दिनपछि जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दर्ता भएको थियो । प्रहरीले सोही घटना सँग अर्को घटना पनि जोडिएपछि पीडित महिलाका श्रीमान् र देवरलाई पनि नियन्त्रणमा दिएको छ ।

एक पक्षले जबरजस्ती करणीको मुद्दा प्रहरीमा दर्ता गरेको छ भने अर्का पक्षले कुटपिटको मुद्दा दर्ता गराएको छ । दुई पक्षलाई थुनामा राखी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले बताएको
छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस