जीवनशैली

चिसोले जाजरकोटमा थप एक भूकम्पपीडितको मृत्यु, मृतकको संख्या ३६ पुग्यो

Aathbis Earthquake Jajarkot Bhukampa 1699204202

एनएमबि न्युज डेक्स,काठमाडौँ
पुस २२ आइतबार ।

चिसोले गर्दा जाजरकोट एक भूकम्पपीडितको मृत्यु भएको छ। भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँ निवासी ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको चिसोकै कारण मृत्यु भएको हो।

उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। त्यहाँ उपचार नभएपछि उनलाई प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको थियो। तर सुर्खेत पु¥याउँदा पनि उनको उपचार सम्भव भएन। शनिबार बिहान उनको ज्यान गयो।

भूकम्पपछि त्रिपालमुनि चिसोका कारण जाजरकोटमा ३१ र रुकुम पश्चिममा ५ गरी ३६ जनाको मृत्यु भइसकेको छ। हिउँदको कठ्यांग्रिदो चिसोमा त्रिपालमुनि रात कटाउन बाध्य भूकम्प पीडितहरूको ज्यान जाने क्रम रोकिएको छैन।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस