समाचार

बम्जनले मागे लसुन, प्याज र बेसार नहालेको खाना

ram bamjan sarlahi court

एनएमबि न्युज डेक्स,काठमाडौँ
पुस २७ शुक्रबार ।

बाल यौन शोषणको अभियोग लागेका ‘तपस्वी’ रामबहादुर बम्जनले कारागारमा कैदी(बन्दीले खाने गरेको खाना खान अस्वीकार गरेका छन्। एक किशोरीमाथि यौन सन्तुष्टि प्राप्त गर्ने गतिविधि तथा बाल यौन शोषण गरेको अभियोगमा बिहीबार जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान भएका बम्जनले सबै कैदीबन्दीलाई पकाएको खाना खान अस्वीकार गरेका हुन्।

ram bahadur bamjan cQ3hHuJzPv

‘उनले गएराति अरु कैदी बन्दीलाई बनाएको खाना खान मानेनन्,’ जलेश्व कारागारका प्रमुख जेलर रामचन्द्र साहले भने, ‘मलाई छुट्टै खाना बनाएर दिनु, बेसार, लसुन, प्याज हालेको दाल, तरकारी म खान्न भन्ने कुरा उनले गरेका छन्।’ आफूले बिहान कारागारमै गएर बम्जनलाई भेटेको उनले बताए।

 

‘मसँग उनले अरु कैदीबन्दीलाई बनाएको खाना आफूलाई नदिन आग्रह गरेका छन्,’ साहले भने, ‘यहाँ उनीजस्ता जोगी ५ ,७ जना कैदी छन्। अब हामी बम्जनलाई पनि तिनै जोगीलाई बनाएको खाना दिन्छौँ।’ बिहीबार साँझ सवा सात बजे जलेश्वर कारागार पुगेका बम्जनलाई अरु कैदीबन्दीसँगै राखिएको साहले बताए।

bamjan 1

‘उनलाई कुनै विशेष सुविधायुक्त ठाउँमा हामीले राखेका छैनौँ, अरु कैदीबन्दीसँगै राखेका छौँ,’ साहले भने, ‘जलेश्वर कारागारमा कुनै सुविधायुक्त कोठा पनि छैनन्। सबै एकै ठाउँमा बस्ने हो।’ बिहान आफूले कुरागर्दा बम्जनलाई शान्त देखेको जेलर साहले बताए। ‘उनी शान्त देखिएका छन्, अनुहारमा कुनै पीढाबोध छैन,’ उनले भने।

गएको मंगलबार काठमाडौँबाट पक्राउ परेका बम्जनलाई बिहीबार राति प्रहरीले सर्लाही पुर्‍याइएको थियो। बिहीबारै सर्लाही जिल्ला अदालतमा पेस भएका बम्जन पुर्पक्षका लागि कारागार चलान भएका हुन्। सर्लाहीमा कारागार नहुँदा उनलाई महोत्तरी कारागार लगिएको हो।

 

 

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस