जीवनशैली

त्रिशूलीमा जीप खस्यो, निकाल्ने प्रयास हुँदै

accident dLyrQkQpsl

एनएमबि न्युज डेक्स,काठमाडौँ
माघ २ मंगलबार ।

मुग्लिन–नारायणगढ सडक अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुल नजिकैबाट गाडी त्रिशूली नदीमा खसेको छ।

गाडी खसेको जानकारी बिहान ४ बजेतिर पाएपछि गोताखोरको टोलीले खोजी गरिरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका वरिष्ठ प्रहरी नायब निरीक्षक ९सई० राजेन्द्र अर्यालले जानकारी दिए। ‘सूचना पाएपछि घटनास्थलमा पुग्दा पानीभित्र गाडीको बत्ती बलिरहेको देखियो’, उनले भने, ‘त्यसपछि गोताखोरको टोली बोलाएर गाडी निकाल्ने प्रयासमा छौँ।’

अहिले गोताखोर टोलीले अहिले डुबेको गाडीमा डोरी बाँधेको छ। ​केहीबेरमा गाडी बाहिर निकाल्ने मुग्लिन प्रहरीले जनाएको छ। बोलेरो जीप रहेको र गाडी भित्र मान्छे नभेटिएको गोताखोर टोलीलाई उद्धृत गर्दै वरिष्ठ सई अर्यालले बताए।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस