एनएमबि न्युज डेक्स,काठमाडौँ
माघ ८ सोमबार ।
बिभिन्न काण्ड हरु मा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पछिल्लो समय मा सहकारी को शेयर हिनामिना गरेको आरोप मा मुछिएका छन् सोहि बिषय लाइ लिएर कान्तिपुर समाचार ले पटक पटक बिभिन्न प्रमाण हरु समेत पेश गर्दै समाचार हरु लेखेको थियो। र आज पनि ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले न कुनै सेयर सित्तै पाएका थिए, न त्यसै छाडेका थिए । कम्पनी रजिस्ट्रारको कार्यालयको अभिलेख र बैंकिङ कारोबार विवरण भन्छन्– सहकारीको पैसा लिएर सेयर पाएका थिए, छाड्दा १ करोड ८० लाख खातामा लिएका थिए ।
भन्ने जस्ता समाचार लेखे पछि रवि ले आफ्नो फेसबुक मा लेखेका छन
गाली गर्न कोही छुट्नु भो कि? छुट्नु भएको भए गरिहालौं है। मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु। मिडियामा निरन्तर आइरहेका “स्लिप” मा कोहि “स्लिप” हुनै पर्दैन। बाँकी भ्याए सम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु। सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस्। त्यसैबाट सबै स्पष्ट पार्ने नै छु।