स्वास्थ्य

लायन्स क्लबद्वारा हेटौंडा आँखा अस्पताललाई म्याट्रेस हस्तान्तरण

6d9b8699 a69b 4837 a928 879669ecac7f

एनएमबि न्युज डेक्स,काठमाडौँ
माघ २५ बिहीबार

लायन्स क्लव अफ हेटौंडा लर्ड बुद्धले हेटौंडा सामुदायिक आँखा अस्पताललाई १७ थान म्याट्रेस हस्तान्तरण गरेको छ ।क्लबको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बुधबार अस्पतालमा एक कार्यक्रम गरि म्याट्रेस बितरण गरिएको लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपालका एओजि गौतम केसीले बताउनुभयो ।क्लबका अध्यक्ष तुलसी गिरीको अध्यक्षता एवम् जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यता रहेको थियो ।प्रमुख अतिथि घलानले समाजसेवामा लायन्स क्लबको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो।कार्यक्रममा लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल, एरिया २ का एरिया चिप जेपी यादब, प्रथम भाईस डिस्ट्रिक्ट गभर्नर टासी तुम्बाहाम्फे, अस्पतालका डाक्टर सुनिल थकाली, लायन्स क्लबका पूर्व गभर्नर शम्भु नकर्मी, लायन्स क्लब अफ हेटौंडाका अध्यक्ष हरिबंश भेटवाल लगायतको आतिथ्यता रहेको थियो ।अस्पताललाई सहयोग गरेकोमा अस्पतालका डाक्टर सुनिल थकालीले लायन्स क्लव अफ हेटौंडा लर्ड बुद्धलाई धन्यवाद दिनुभयो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस