धर्म-संस्कृति / रितिथिति

पत्रकार अर्चनाले तयार पारिन मैथिली भाषामा रामायण

427908483 792607716243423 8568463957591713701 n

एनएमबि न्युज डेक्स,काठमाण्डौ
फागुन १ मंगलबार ।।

नेपालमा पहिलो पटक रामायण मैथिली भाषामा तयार पारिएको छ।

पत्रकार एवं साहित्यकार अर्चना झाले ुवाल्मीकि रामायणु र ुरामचरितमानसु रामायणको आधार लिए मैथिली भाषामा रामायण तयार पारेकी हुन्।

यस मैथिली गद्यात्मक रामायणमा करिब ६४ हजार शब्द रहेका छन्। यसमा आठ वटा अध्यायहरू छन् जसलाई काण्ड भनिन्छ।

नेपाली, हिन्दी, अङ्ग्रेजी, संस्कृतलगायतका भाषामा पढ्न पाइने रामायण अब प्राचीन मिथिलावासीले समेत सरल मैथिली भाषामा पढ्न पाउने भएका छन्।

पुस्तकलाई अर्चनाकृत रामायणू नामकरण गरिएको छ। अर्चनाकृत रामायणको पूर्व उप(प्रधानमन्त्री एवं गृहमन्त्री बिमलेन्द्र निधिले बुधबार सरस्वती पूजाको अवसर पारेर विमोचन गर्ने भएका छन्।

यस किताबको सम्पादन वरिष्ठ साहित्यकार विनित ठाकुरले गरेका छन्।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस