एनएमबि न्युज डेक्स,काठमाडौँ
फागुन–७ ,सोमबार ।
१८ जना इन्जिनियर को जम्बो टोलि राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गरेका छन। पार्टी प्रवेश गर्नेहरुमा सप्तरीका रोहित कुमार यादव, विवेक चौधरी, सुमित देव, ललित कुमार यादव, सिरहाका सरोजकुमार साह, दिलीप कुमार साह, पर्साका सुवाश यादव, विद्या सागर पटेल, शोसन साह कलवार, राकेश रौनियार, कंचनपुरका दिपक भट्ट, पारस जोशी, गणेश मल्ल, दिपेन्द्र राना, महोत्तरीका अशरफ मन्सुरी, चन्द्र प्रकास साह, सुशान्त कुमार साह र जुम्लाका हिक्मत बोहोरा रहेका छन। पार्टी केन्द्रिय कार्यालयमा रास्वपा सभापति रवि लामिछाने आज एक सामान्य कार्यक्रम को बीच १८ जना ईन्जिनियरहरुको जम्बो टिमलाई पार्टीमा स्वागत गर्नुभएको हो। सो कार्यक्रममा पार्टीका सह-कोषाध्यक्ष दिपक बोहोरा , सह- प्रवक्ता प्रतिभा रावल र केन्द्रिय सदस्य विजय जैरु को उपस्थिती रहेको थियो। सभापति लामिछाने ले मधेस प्रदेशका सभापती तथा केन्द्रिय सदस्य Er Tapeshwar Yadav र र सु प प्रदेश सुचना तथा संचार प्रबिधी बिभाग उप प्रमुख Er Keshav Raj Joshi लाइ बिशेष धन्यबाद व्यक्त गरेका छन । उनले भने यो देश बनाउने महाअभियानमा जोडिनुहुने सम्पूर्ण इन्जिनियर साथिहरुलाइ हामि स्वागत गर्द्छौ।प्रवेश गर्ने १८ जना इन्जिनियर को समुह लाई पार्टी सभापति लामिछानेले देश बनाउने अठोट बोकेर हिडेको रास्वपा लाई तपाईंहरु को प्रवेशले अझ मजबुत बनाउने र भबिस्यमा थुप्रै युवा साथिहरुलाई जोड्न सक्ने समेत बताउनु भयो रास्वपाले पार्टी भित्र धेरै जानकार ब्यक्ति विज्ञ हरु पनि जोड्दै जाने समेत बताउनु भयो