समाचार

आधारभूत सहकारी लेखापालन तालिम सुरु

10076c84 0310 4191 99a9 c7f6b4314e71

एनएमबि न्युज डेक्स,काठमाडौँ
फागुन–११, शुक्रबार ।

मकवानपुर जिल्ला सहकारी संघको आयोजना तथा बागमती प्रदेश सहकारी विकास बोर्डको सहयोगमा ६ दिने आधारभूत सहकारी लेखापालन तालिम सुरु भएको छ । शुक्रबारदेखि सुरु तालिमको उद्घाटन गर्दै मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देबकोटाले सहकारी संस्थाको कर्मचारीहरुको क्षमता विकासकालागि तालिम उपलब्धीमूलक हुने बताउनुभयो ।तालिम उद्घाटनकै अवसरमा मकवानपुर जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघका सञ्चालक बद्रीप्रसाद लम्सालले तालिमबाट सिकेका ज्ञानलाई ब्यवहारमा उतार्न अनुरोध गर्नुभयो ।संघका लेखा समिति संयोजक खेमराज सापकोटाले सहकारी संस्थाको मुख्य कार्य लेखा ब्यवस्थापन भएको र तालिमले संस्थाको हिसावलाई पारदर्शी बनाउन सहयोग गर्ने बताउनुभयो ।तालिम उद्घाटन कार्यक्रममा संघका सञ्चालक शर्मिला डंगोल, हरिप्रसाद पौडेल, ब्यवस्थापक गोबिन्द दाहाल, प्रशिक्षक नवराज खनालको उपस्थिति रहेको थियो ।
तालिममा मकवानपुर जिल्लामा रहेका बिभिन्न सहकारी संस्थाका लेखा समिति पदाधिकारी, ब्यवस्थापक, लेखापाल, सहायक कर्मचारीहरुको सहभागिता रहेकोछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस