धर्म-संस्कृति / रितिथिति

प्रचार प्रसारको पर्खाइमा सर्लाही नवलपुरको देवीथान मन्दिर

mandir 2

एनएमबि न्युज डेक्स,सर्लाही ।
फागुन २९ मंगलबार ।

धार्मिक आस्थाको हिसाबले सर्लाही जिल्ला एक कदम अगाडी रहेको छ । जिल्लाका कतिपय धार्मिक स्थलहरु देश तथा विदेशमा पनि चर्चित रहेका छन । तर जिल्लाको मुटुमा अवस्थिते धार्मिक धरोहरको रुपमा रहेको श्री देविथान मन्दिर भने प्रचास प्रसारको अभाबमा त्यति चर्चामा आउन सकिरहेको छैन ।

mandir 2
इतिहासलाई कोट्याउने हो भने यस देविथान मन्दिरको महत्व निकै रहेको पाइन्छ । जिल्लाको लालबन्दि नगरपालिका वडा नं. १ को करम डाडाँ भन्ने स्थानमा रहेको यस मन्दिरको इतिहास र हालसम्मको अवस्था जान्नको लागि आजभन्दा करिब ६ दशक पहिले फर्कनु पर्ने हुन्छ ।
स्थानिय ज्येष्ठ नागरिकका अनुसार बिसं २०१६ सालसम्ममा यस स्थानमा कुनै बस्ति नै थिएन । बिस्तारै बस्ति बस्न थालेपछि उक्त स्थानमा एकाएक एक किसिमको प्रकोप देखा पर्याे । स्थानीयहरुको स्वास्थ्यमा प्रत्यक्ष समस्या देखा पर्न थाल्यो । त्यसपश्चात उक्त समस्याको समाधान तत्काल हुन सकेन । समस्या बल्झिदै जादा स्थानिय एक टंक बहादुर खड्काको शरीरमा देवि प्रवेश भएको सङ्केत देखा पर्याे । खड्का काप्ने,बरबराउने गर्न थालेपछि देवि विसर्जन गर्न लागे ।

सोहि स्थानमा रहेको जमूनाको गाँछि (रुख)मा देबिको बिसर्जन गरियो र खड्काको अवस्था बिस्तारै सामान्य हुदै आयो । स्थानियहरुले विस्तारै उक्त जमूनाको गाँछिलाई नै देविको रुपमा पुजन गर्न थाले ।
बिसं ०५२ सालमा उक्त गाँछि (रुख) ढल्यो । सोहि गाँछि बेचेर आएको रकमले नै देविस्थान मन्दिरको निर्माण गरिएको थियो ।

mandir

हरिवन बजारबाट ५ किलोमिटर पश्चिम र लालबन्दिबाट ५ किलोमिटर पूर्व तथा सदरमुकाम मलवाबाट २५ किलोमिटर दक्षिणी भेगमा पर्ने उक्त मन्दिर अहिले प्रचारप्रसारको खोजिमा रहेको छ । उक्त मन्दिरमा हरेक बर्ष दशैको फुलपाती देखि निरन्तर १० दिनसम्म पुजा पाठ गरिन्छ । नेपाली सेनाले पनि जमरा राख्ने र सलामी दिएपछि मात्र स्थानियले टिका लगाउने गर्दछन ।
दशैको १० दिनको बेलामा चर्चामा आएतापनि अन्य समयमा सुनसान हुने गरेको स्थानिय टेक प्रसाद भट्राइले बताएका छन । अहिले उक्त मन्दिरको विकास तथा प्रबद्र्धनको साथै सामुदायिक रुपमा प्रयोग हुने प्रयोजनले निर्माणाधिन देविथान मन्दिर धर्मशाला पुरा गर्ने उद्देश्यका साथ सोहि स्थानको परीसरमा महायज्ञको आयोजना गरिएको छ । आयोजकको टोली महायज्ञ सु–सम्पन गर्नको लागि लागि परेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस