एनएमबि न्युज डेक्स,काठमाडौं
चैत ,०४, आइतबार
अन्तराष्ट्रिय फुटसल महासंघ नेपालद्वारा आयोजित किर्तिपुर नगरपालिका स्तरीय खुल्ला पुरुष मेयर कपको उपाधि हिमालयन फुटसल क्लवले जितेको छ ।

हिमालयन फुटसल क्लव र ओरिएन्ट कलेज बीच भएको फाईनले खेलमा हिमालयनले ओरिएन्ट कलेज लाई १-० गोल अन्तरले पराजित गरी बिजयी भएको हो ।

यही चैत्र १ गतेदेखि ३ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा १९ वटा टिमको सहभागिता रहेको कार्यक्रम सहसंयोजक बिपिन थापाले बताउनुभयो ।

शनिबार भएको समापन कार्यक्रममा किर्तिपुर नगरपालिका उपप्रमुख शुभलक्ष्मी शाक्य र ६ नम्बर वडा अध्यक्ष पृथ्वीमान सिहं बस्नेतले बिजेताहरु लाई नगद पुरस्कारका साथै ट्रफी, मेडल, प्रमाण–पत्र बितरण गर्नुभएको थियो ।
अन्तराष्ट्रिय फुटसल महासंघ केन्द्रीय कार्यालय अष्ट्रेलियामा रहेको छ ।
प्रतिक्रिया दिनुहोस