समाचार

मंगलदीप सहकारीको स्थापना दिवसको अवसर मा रक्तदान कार्यक्रम गरिदै

d27d3418 daa7 4cf4 983f 0c95448803f5

एनएमबि न्युज डेक्स,काठमाडौं
चैत ,०४, आइतबार

ललितपुर जिल्लाको लगनखेलमा मुख्य कार्यालय रहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १० औं स्थापना दिवसको अवसरमा थाहा नगरपालिका वडा नम्बर ४ शिखरकोटमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । सहकारी संस्थाको सदस्य सेवा केन्द्र शिखरकोटको ब्यवस्थापनमा रक्तदान कार्यक्रम आयोजना  गर्न लागिएको सेवा केन्द्र प्रमुख गणेश विष्टले जानकारी दिए । रक्तदान कार्यक्रममा स्थानीय संघ संस्थाहरुको सहयोग र सहकार्य रहने केन्द्र प्रमुख बिष्टले बताउनुभयो । कार्यक्रमको सहआयोजकमा पालुङ जेसीज रहेको छ भने सहायेगी संस्थाहरु नेपाल रेडक्रस सोसाइटी दामन उपशाखा, लायन्स क्लव अफ थाहा पिस, लियो क्लव अफ थाहानगर, फरक सोच, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी उपशाखा पालुङ, शिखर क्लव र शिखरकोट बजार व्यवस्थापन समिति रहेका छन् । २०७० साल चैत्र ९ गते स्थापना भएको मंगलदीप बचत तथा ऋण सहकारी संस्थाले बिगतका वर्षहरुमा पनि स्थापना दिवसको अवसरमा समुदायमा आधारित विविध सामाजिक कार्यहरु गर्दै आएको छ । छोटो समयमा सदस्यहरुको विश्वास जित्न सफल सहकारीको थाहा नगरसहित २ वटा सेवा केन्द्र सञ्चालनमा रहेका छन् । मकवानपुरको थाहा नगरपालिकाकोे शिखरकोटमा २०७८ असोजदेखि सेवा केन्द्र सञ्चालनमा आएको हो । मंगलदीपको शिखरकोटसंगै गोदावरीको ठैबमा पनि सेवा केन्द्र सञ्चालनमा आएको छ । संस्थाले सहकारीको सिद्धान्त अनुसार समुदायमा आधारित संस्था भएकाले सामाजिक उत्तरदायित्वलाई आधार मान्दैे विभिन्न सचेतना र सेवामुलक कार्यहरु गर्दै आएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस