एनएमबि न्युज डेक्स,काठमाडौं
चैत,११ ,आइतबार
मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ शिखरकोटमा रहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार आफ्नो १० औ स्थापना दिवस मनाएको छ। दिवस को अवसर पारि सस्थाले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको थियो।कार्यक्रम मा महिला पुरुष गरि ६४ जना रक्तदाताहरुले रक्तदान गरेका छन ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख उपस्थितिमा आयाेजित उक्त कार्यक्रममा थाहा नगरपालिकाका उप-प्रमुख भरत गाेपालीकाे र नेपाल रेडक्रस साेसाइटी दामन उपशाखाका सभापति मनश्याम बस्नेतकाे उपस्थिति रहेकाे थियो। सहकारीका अध्यक्ष नवराज बिष्टकाे सभापतित्वमा सञ्चालित साे कार्यक्रममा पालुङ जेसिज सह आयोजकरहेको थियो भने रक्तदान कार्यक्रमको सहायेगी संस्थाहरु, नेपाल रेडक्रस सोसाइटी उपशाखा दामन, लायन्स क्लव अफ थाहा पिस, लियो क्लव अफ थाहानगर, फरक सोच, नेपाल लाफाईफ इन्स्योरेन्स कम्पनि उपसाखा पालुङ, शिखर क्लव र शिखरकोट बजार व्यवस्थापन समिति रहेका थिए ।स्थापना दिवसकै अवसर पारेर संस्थाले उत्कृष्ट कारोबार गर्ने आफ्ना सदस्यहरुलाई पनि सम्मान गरेको छ।सम्मानितहुने हरुलाइ संस्थाका अध्यक्ष नवराज बिष्ट र सचिब प्रह्लाद महतले सम्मानपत्र प्रदान गरेका थिए।
ललितपुरमा मुख्य कार्यालय रहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्थाले बिगतका वर्षहरुमा पनि समुदायमा समुदाय हितको लागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।