धर्म-संस्कृति / रितिथिति

देवीथान मन्दिरको विकासका लागि पूर्व सांसद प्रमोद कुमारद्धारा १० लाख सहयोग गर्ने घोषणा

pramod kumar

एनएमबि न्युज डेक्स,काठमाडौँ
चैत्र १५ बिहिबार ।

सर्लाही जिल्ला क्षेत्र नं. १ का पूर्व सांसद प्रमोद कुमार शाहले देवीथान मन्दिरको स्तरउन्नतीको लागि नगद रु १० लाख सहयोग गर्ने घोषणा गरेका छन । विहिबार जिल्लाको लालबन्दी नगरपालिका वार्ड नं. १ को नवलपुरमा रहेको देवीथान मन्दिर तथा धर्मशालाको स्तरउन्नतीको लागि आयोजना भएको ऐतिहासिक सर्लाही नवलपुर देवीथान धार्मिक तथा सास्कृतिक महामहोत्सब एवम श्रीमद्भागवत धन धान्याचल विराट ज्ञान महायज्ञ २०८० को उदघाटन शत्रमा विशिष्ट अथितीको रुपमा सहभागी भएका शाहले उक्त रकम सहयोग गर्ने घोषणा गरेका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सांसद शाहले आफु सत्तामा हुदा र नहुदा निरन्तर रुपमा धर्म सस्कृतिको बिकासको लागि आफु निरन्तर लागिरहेको पनि बताएका छन ।

बिहिबार (चैत्र १५ गते) देखि सुरु भएको उक्त महायज्ञ आगामी चैत्र २५ गतेसम्म चल्ने छ । महायज्ञको आयोजकको रुपमा श्री देवीथान मन्दिर सञ्चालन समिती र श्रीमानव सेवा फाउण्डेसन नेपाल रहेको छ ।

pramod kumar
महायज्ञ अवधिभर नियमित रुपमा महाआरती,झाकी,नाटक मञ्चन ,लगाएका कार्यक्रमहरु रहेको आयोजक समितीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस