समाचार

पालुङ जेसीज को आयोजना प्रभावकारी उद्घोषण तालिम सम्पन्न

c22088be e693 487f 9b20 070e9a534127

एनएमबि न्युज डेक्स,काठमाडौँ ।
चैत्र १८,आइतबार

पालुङ जेसीज बर्ष २०२४ को आयोजना प्रभावकारी उद्घोषण तालिम सम्पन्न भएको छ । शनिबार थाहा नगरको शंकर होटलमा भएको तालिममा लालीगुरासँ महिला बहुउद्देश्यीय सहकारी संस्था थाहा १, महिला जगृति उत्थान बचत तथा ऋण सहकारी संस्था थाहा–६ का सदस्य तथा पदाधिकारी तथा पालुङ जेसीजका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।
तालिमलाई पालुङ जेसीजका बर्ष २०१० का अध्यक्ष सुरेन्द्रमान प्रधान र भूमिराज अवस्थीले सहजिकरण गरेका थिए ।
पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्ष्तामा भएको तालिम कार्यक्रममा थाहा नगरपालिका वडा नं।६ का अध्यक्ष राजनभक्त श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । उपाध्यक्ष बिराज थापाको संयोजकत्वमा भएको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष नारायण तामाङले स्वागत गरेका थिए ।
तालिम कार्यक्रममा पालुङ जेसीजका पूर्व अध्यक्ष जयराम खत्री, नवराज लामा, मनोज रायमाझी लगायतको आतिथ्यता रहेको थियो । तालिम कार्यक्रममा ३३ जना सहभागी भएको उपाध्यक्ष स्मिता बिष्टले बताईन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस