रुपन्देहीमा यात्रुवाहक ईभी गाडी दु र्घटना भएको छ । गाडी दु र्घटनामा परी तीन जनाको मृ त्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।त्यु हुनेमा सैनामैना-८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका-५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिक रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा गाडीका चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा रहेका छन् । उनीहरुको टाउकोमा गम्भीर चोट लागेको छ । बागमती प्रदेश ०१-००६ ख ७७८२ नम्बरको ईभी गाडी रुपन्देहीको रुद्रपुरतर्फ जाँदै गर्दा राति करिब १०ः३० बजे अचानक अनियन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोक्किएर करिब तीन मिटर तल खसेको थियो।
प्रतिक्रिया दिनुहोस