समाचार

मेसिन असफल हुँदा पनि डाक्टर सुरेखा चौधरीको प्रयासले नवजात शिशुलाई नयाँ जीवन—

WhatsApp Image 2025 12 17 at 1.22.39 PM

सरकारी अस्पतालमा जन्मिएका एक नवजात शिशुलाई डाक्टर सुरेखा चौधरीले अदम्य साहस र मानवीय सेवाभावका साथ नयाँ जीवन दिएकी छन् । जन्मिए लगत्तै सास फेर्न नसकेको शिशुको उपचारका क्रममा प्रयोगमा आएको मेसिनले काम नगरेपछि पनि डाक्टर चौधरीले हार नमानी लगातार करिब सात घण्टासम्म मुखबाट सास दिँदै शिशुको ज्यान जोगाएकी हुन् ।
अस्पताल स्रोतका अनुसार शिशु जन्मिएपछि गम्भिर श्वासप्रश्वास समस्या देखिएको थियो । आवश्यक उपकरणले अपेक्षित रुपमा काम नगर्दा शिशुको अवस्था झन् जटिल बनेको थियो । यस्तो कठिन अवस्थामा डाक्टर चौधरीले वैकल्पिक उपाय अपनाउँदै निरन्तर मानवीय प्रयास जारी राखिन् ।
लामो समयसम्म गरिएको उक्त प्रयासपछि शिशुले स्वभाविक रुपमा सास फेर्न थालेका र हाल अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । सीमित स्रोत साधनका बीच पनि चिकित्सकको पेशागत जिम्मेवारी र सेवा भावले एक जीवन जोगीएको भन्दै अस्पताल, प्रशासन र स्थानीय समुदायले डाक्टर चौधरीको उच्च प्रशंसा गरेका छन् ।
यो घटनाले सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुको समर्पण, मानवीयता र सेवाप्रतिको प्रतिबद्धतालाई उजागर गरेको छ । डाक्टर सुरेखा चौधरीको यो प्रयासलाई मानव जीवनप्रतिको सर्वोच्व सम्मानको रुपमा हेरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस