समाचार

अनुशासन कि अपमान ? विद्यालयको कर्तव्य पुनः परिभाषित गरिनुपर्छ—

WhatsApp Image 2025 12 18 at 1.08.28 PM

विद्यार्थीको कपाल लामो भयो भन्दै जथाभावी मुन्डन गरिनु कुनै अनुशासन होइन्, त्यो सिधै अपमान हो । काठमाण्डौं महानगरपालिकाभित्रका केही विद्यालयमा यस्ता घटना भएको गुनासो सार्वजनिक हुनु आफैमा चिन्ताजनक विषय हो । विद्यालय ज्ञान र संस्कार सिकाउने थलो हो, डर लाज र मानसिक घाउ बाँड्ने कारागार होइन ।
अनुशासनका नाममा विद्यार्थीमाथि गरिने यस्ता ढण्डात्मक व्यवहारले उनीहरुको आत्मसम्मानमा गहिरो चोट पुर्‍याउँछ । बालबालिकाको मानसिक अवस्था, सामाजिक परिवेश र व्यक्तित्व विकासलाई बेवास्था गर्दै गरिने जबर्जस्ती “मुन्डन” जस्ता कार्यले शिक्षाको मूल उदेश्यलाइृ नै प्रश्न चिन्ह लगाउँछ । नियम चाहिन्छ, तर नियम मानवतासँग जोडिनुपर्छ,ं अनुशासन चाहिन्छ, तर सम्मान सहित ।
यस सर्न्दभमा काठमाण्डौं नगरपालिकाको शिक्षा विभागले सबै विद्यालयलाई सचेत गराउँदै विद्यार्थीहरुलाई मनोवैज्ञानिक असर पर्ने गतिविधि नगर्न आग्रह गर्नु सकारात्मक कदम हो । शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीद्धारा जारी गरिएको पत्रले विद्यालयहरुलाई बालमैत्री सोचतर्फ फर्किन स्मरण गराएको छ । तर पत्राचार मात्र प्रयाप्त छैन, यसको प्रभावकारी कार्यान्वयन अनिवार्य छ ।
अब प्रश्न विद्यालय प्रशासनतर्फ फर्किन्छ—के हामी आज पनि विद्यार्थीलाई निमन्त्रणाको बस्तु ठानिरहेका छौँ ? कि उनीहरुलाई सोच्न, बुझ्न र फरक हुन पाउने अधिकारसहितको व्यक्ति स्विकार्न तयार छौं ? कपालको लम्बाइ भन्दा ठूलो विषय विद्यार्थीको आत्मबल, आत्मविश्वास र मानसिक स्वास्थ्य हो
विद्यालयहरुले अनुशासन लागु गर्दा संवाद, परामर्श र सहमतिलाई प्राथमिकता दिनुपर्छ । अभिभावक, शिक्षक र विद्यार्थीबीचको विश्वास नै स्वस्थ शैक्षिक वातावरणको आधार हो । दण्ड होइन, समझदारी,ं डर होइन, सम्मान—यही आजको शिक्षाको माग हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस