भीमदत्त नगरपालिकाले प्यालेस्टिनमा ज्यान गुमाएका विपिन जोशीको शालिक निर्माण गर्ने र सम्बन्धित चोकलाई “विपिन जोशी चोक” नामाकरण गर्न निर्णय गर्नु मानवीय संवेदना र सम्मानको प्रतिक हो । अन्तराष्ट्रिय द्धन्दको चपेटामा परेर ज्यान गुमाएका एक युवाको एक नेपाली युवाको स्मृतिलाई सार्वजनिक स्थापना गर्ने यो कदमले पिडामा रहेका परिवारप्रति सहानुभूति मात्र होइन, राज्य र समाजको जिममेवारी बोध पनि झल्काउछ ।
तर, यस्तो सम्मान केवल शालिक र नामाकरणमै सीमित हुनु हँुदैन । विपिन जोशीको ज्यान गएको घटना स्वयंले नेपाली युवाहरु वैदेशिक रोजगारी अध्ययन वा अन्य प्रयोजनले असुरक्षित विश्वतर्फ जान बाध्य हुनुको यथार्थ उजागर गर्छ । त्यसैले उनको स्मृतिलाई अर्थपूर्ण बनाउने हो भने राज्यले आफ्ना नागरिकको सुरक्षा, कुटनीतिक पहल र अन्तराष्ट्रिय संकटमा फसेकाहरुको उद्धार तथा संरक्षणका लागि अझ प्रभावकारी नीति अवलम्वन गर्नुपर्छ ।
स्थानिय तहबाट गरिएको यो निर्णय सराहनीय भए पनि यसले केन्द्र सरकारलाई समेत आत्ममन्थन गर्न बाध्य बनाउनु आवश्यक छ । विदेशमा रहेका नेपालीहरुको सुरक्षा केवल भावनात्मक श्रद्धाञ्जलीबाट होइन, ठोस नीति, समयमै हस्तक्षेप र प्रभाकारी कूटनीतिबाट सुनिश्चित हुनुपर्छ ।
विपिन जोशीको नाममा बन्ने शालिक केवल एक स्मरण नबनोस, त्यो राज्य र समाजलाई आफ्ना नागरिक प्रति जिम्मेवार बन्ने निरन्तर स्मरण पत्र बनोस । अनि मात्र उनको स्मृतिप्रति साँचो अर्थमा सम्मान हुनेछ ।