समाचार

सुशासनको माग कि असहज राजनीतिप्रतिको चेतावनी ? —

WhatsApp Image 2025 12 22 at 3.44.28 PM

माइतीघर मण्डलामा मिराज ढुंगाना सहित युवाहरुले उठाएको स्वर कुनै एक व्यक्ति वा समूहको असन्तुष्टि मात्र होइन, आजको राजनीतिप्रति बढ्दो वितृष्णाको प्रतिविम्ब हो । “जेन्जीको माग चुनाव होइन, सुशासन हो” भन्ने नारा स्वयंमा गहिरो अर्थ बोकेको छ । यसले सत्ता परिवर्तन भन्दा पनि शासनको चरित्र परिवर्तन आवश्यक रहेको संकेत गर्छ ।
लोकतन्त्रको मूल आत्मा जनताको अभिव्यक्ति स्वतन्त्रतामा निहित हुन्छ । तर, सुशासनको माग गर्दै सडकमा उत्रिएका युवाहरुलाई नियन्त्रणमा लिनु राज्यको संवेदनशीलतामाथि प्रश्न उठाउने विषय हो । असन्तोषलाई दमन मार्फत दबाउने परम्परा दिर्घकालीन समाधान होइन, बरु संवाद र विश्वासको माध्यमबाट समाधान खोज्नु नै लोकतान्त्रिक बाटो हो ।
सर्वपक्षीय सरकारको माग व्यवहारिक बहसको विषय हुन सक्छ । तर, त्यो माग भन्दा पनि गम्भीर सन्देश युवाहरुको चेतावनी छ—राजनीति जनताबाट टाढिँदै गएको छ । बेरोजगारी, भ्रष्टचार, जवाफदेहिताको अभाव र नीतिगत अन्योलले युवापुस्तालाई निराश बनाएको यथार्थलाई अब बेवास्ता गर्न सक्दैन ।
यदि “जेनजी” ले चुनावभन्दा सुशासन खोजिरहेको छ भने त्यसको अर्थ स्पष्ट छ—मतदानपछि पनि जनताको जीवनमा परिवर्तन नआउदा लोकतन्त्रको विश्वास कमजोर बन्दै गएको छ । त्यसैले, आजको प्रदर्शनलाई कानुनी समस्याको रुपमा होइन, राजीनतिक चेतावनीका रुपमा बुझिनुपर्छ । समयमै सुशासनतर्फ गम्भीर पहल नगरे यस्ता स्वरहरु अझ तिव्रहुँदै जानेछन् । युवाको आवाजलाई सुन्नु राज्यको कमजोरी होइन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *