चिसोको तीव्रतासँगै बाराको बिश्रामपुर गाउँपालिकाले विद्यालय बन्द गर्नु एक जिम्मेवारी र समयानुकुल कदम हो । पुस ८ देखी ११ गतेसम्म विद्यालयमा बिदा दिने निर्णयले औपचारिक पठनपाठन भन्दा पनि बालबालिकाको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखिएको स्पष्ट देखिन्छ ।
विशेषगरी तराई क्षेत्रमा चिसोले साना बालबालिका, वृद्ध तथा कमजोर स्वास्थ्य भएका नागरिकहरु बढी प्रभावित हुने गर्छन् । यस्तो अवस्थामा स्थानिय तहले परिस्थितिको गम्भीरता बुझेर शीघ्र निर्णय लिनु सकारात्मक अभ्यास हो । यद्यपि, बारम्बार देखिन थालेका मौसमजन्य समस्यालाई ध्यानमा राख्दै दीर्घकालिन तयारी र बैकल्पिक शिक्षण प्रणालीतर्फ पनि सरोकारवाला निकायले सोच्न आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस