समाचार

“नयाँ राननीतिक समीकरणको संकेतः रवि—बालेन भेटवार्ता”

WhatsApp Image 2025 12 23 at 12.15.10 PM

राजनीतिमा संकेतहरु सधैं शब्दमा व्यक्त हँुदैनन्, कतिपय अवस्थामा मौन भेटघाट र लामो संवादले नै ठूलो सन्देश दिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहबीच लगातार दुइृ दिन भएको भेटवार्ता पनि त्यही श्रेणीमा पर्छ । सार्वजनिक रुपमा विवरण नखुले पनि, करिब छ घण्टासम्म चलेको वार्ता र अन्त्यमा एउटै गाडीमा बाहिरिनु आफैंमा अर्थपूर्ण संकेत हो ।
परम्परागत दलप्रति जनआक्रोस बढिरहेको बेला वैकल्पिक राजनीतिक शक्तिका रुपमा हेरिएका यी दुई पात्रको संवादले नयाँ राजनीतिक समीकरणको सम्भावना उजागर गरेको छ । फागुन २१ गतेको आमनिर्वाचनलाई केन्द्रमा राख्दै सहकार्यको चर्चा हुनु सामान्य विषय होइन । यसले मुलुकको नेतृत्व, शासनशैली र राजनीतिक संस्कृतिमा परिवर्तनको चाहाना बोकेको जनमतलाई पनि प्रतिबिम्बित गर्छ । तर, सम्भावनासँगै प्रश्नहरु पनि उभिन्छन् । सहकार्य केवल व्यक्तिकेन्द्रित महत्वाकांक्षामा सीमित हुन्छ कि । स्पष्ट राजनीतिक एजेन्डा, नीति र कार्यदिशासहित अघि बढ्छ ? जनताले खोजेको विकल्प अनुहारको परिवर्तन मात्र हो कि सोच, आचरण र प्रणालीको रुपान्तरण ? यी प्रश्नहरुको उत्तर अझै खुल्न बाँकी छ ।
राजनीतिमा आशा जगिनु सकारात्मक पक्ष हो, तर त्यो आशा स्पष्टता र जिम्मेवारीले मात्र दीगो बन्न सक्छ । लामो वार्ता र प्रतिकात्मक संकेतभन्दा पनि अब आवश्यक छ— खुला संवाद, स्पष्ट दृष्टिकोण र जनतासामु जवाफदेही प्रतिबद्धता । नयाँ राजीनति भनने दाबी सार्थक हुने कि नहुने भन्ने परिक्षा यतैबाट सुरु हुन्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *