समाचार

सुनभन्दा प्रेम र समझदारी महत्वपूर्ण—

WhatsApp Image 2025 12 23 at 1.41.23 PM

आजको समाजमा विवाहमा सुनको महत्व अत्याधिक बढेको छ । सुनको मुल्य आकाशिँदै गर्दा, धेरै विवाह स्थगित वा विवादमा परेका समाचारहरु आइरहेका छन् । यस्ता परिस्थितिमा प्युठानका बालकृष्ण पोखरेल र दाङकी प्रस्तोता बेलबासेले सुन नलगाई विवाह गरेर समाजमा सन्देश दिएको घटना सराहनीय छ ।
उनीहरुले प्रेम, समझदारी र विश्वासलाई प्राथमिकता दिँदै आफ्नो जीवनसाथी छानेका हुन् ।“हाम्रो विवाहले समाजमा सकारात्मक सन्देश जाओस् भन्ने उदेश्यले यस्तो निर्णय गरेका हौं,” उनीहरुको भनाइ छ ।
यो निर्णयले स्पष्ट देखाउँछ—सच्चा सम्बन्ध र समझदारी आर्थिक मूल्यभन्दा माथि रहेको हुनुपर्छ । प्रेमलाई मात्र आधार मानेर विवाह गर्ने दृष्टान्तले नेपाली समाजमा रुढीवादी सोच परिवर्तन गर्ने सम्भावना राख्छ ।
दाम्पत्य जीवन सफल होस् भन्ने शुभकामना व्यक्त गर्दै, यस उदाहरणलाई सबैले प्रेरणादायक रपमा लिनुपर्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *