नेपाली राजनीतिमा फेरी एकपटक तरंग पैदा भएको छ । काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध उनकै निर्वाचन क्षेत्र झापा –५ बाट चुनाव लड्ने तयारी गरेको चर्चा तीव्र बनेको छ । यद्यपि औपचारिक घोषणा भइसकेको छैन, तर पछिल्ला राजनीति भेटघाट र संवादले यो सम्भावनालाई केवल हल्ला मात्र मान्नलाई कठिन बनाएको छ ।
स्रोतका अनुसार बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच करिब ६ घण्टा लामो गभ्भीर वार्ता भएको छ । उक्त छलफलमा रास्वपाबाटै बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जाने सम्भावना समेत उठेको बताइन्छ । यसले प्रस्ट संकेत गर्छ—यो केवल व्यक्तिगत महत्वाकांक्षा होइन, स्थापित राजनीतिक शक्तिलाई प्रत्यक्ष चुनौती दिने रणनीति सोच पनी हुन सक्छ ।
बालेन निकट नेताहरुका अनुसार “ओलीलाइृ उनकै निर्वाचन क्षेत्रबाट पराजित नगरी चुनाव जित्नुको अर्थ हुदैँन” भन्ने धारणा बालेनले राख्दै आएका छन् । यो भनाई आफैंमा प्रतीकात्मक छ । यसले नेपाली राजनीतिमा जडा गाडेर बसेको नेतृत्व, शक्ति केन्द्रित राजनीति र दोहोरिँदो अनुहारप्रति बढ्दो असन्तुष्टिलाई उजागर गर्छ ।
हाल काठमाण्डौं—२ बाट निर्वाचित बालेन, जेन—जी आन्दोलन पछिको जनभावनालाई आधार मानेर देशको आवश्यकता अनुसार मेयर पद त्यागेर सांसदको उम्मेदवार बन्ने मनस्थितिमा पुगेको बुझिन्छ । यदि यस्तो निर्णय कार्यान्वयनमा गयो भने यसले “स्थानिय सफल नेतृत्व” बाट “राष्ट्रिय विकल्प” तर्फको साहसी यात्रा संकेत गर्नेछ ।
तर प्रश्न अझै बाँकी छ —के बालेनको सम्भावित उम्मेदवारी भावनात्मक उत्साहमा सीमित रहनेछ, कि नेपाली राजनीतिमा साँच्चिकै नयाँ मोड सावित हुनेछ ? झापा—५ केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, ओली नेतृत्वको राजनीतिक किल्ला हो । त्यही किल्लामा चुनौती दिनु आफैमा जोखीम र साहस दुवै हो ।