समाचार

रेमिटयान्स पठाउने हात, मतदानबाट किन वञ्चित ?

WhatsApp Image 2025 12 24 at 12.42.24 PM

विदेशमा बस्ने नेपालीले मोबाइलबाट सहजै पैसा पठाउन सक्ने, तर देशको शासन व्यवस्था निर्धारण गर्ने भोट भने पठाउन नसक्ने अवस्था आजको लोकतान्त्रिक अभ्यासको ठूलो विरोधाभास हो । यही यथार्थमाथि प्रश्न उठाउदै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशमा रहेका नेपाली युवालाई मतदान अधिकार सुनिश्चित गर्न अध्यादेश ल्याउन सरकारसँग आग्रह गरेका छन् ।
आज प्रविधिले विश्वलाई एउटै गाउँमा सीमित गरिसकेको छ । बैंकिङ, सरकारी सेवा, कर भुक्तानीदेखि अन्तराष्ट्रिय कारोबारसम्म डिजिटल माध्यमबाट सम्भव भइरहेको बेला मतदान जस्तो मौलिक अधिकार अझै भौगोलिक सीमामा सीमित हुनु राज्यको सोचको सीमितता दर्शाउँछ । यसले विदेशमा श्रम र सीप बेचिरहेका लाखौँ नेपाली युवाहरुलाई राजनीति रुपमा आवाज विहिन बनाइरहेको छ ।
रेमिटयानमार्फत देशको अर्थतन्त्र धानिरहेका ती युवाको भूमिका केवल आर्थिक योगदानमा सीमित हुनु हुँदैन उनीहरुलाई राज्य सञ्चालनको निर्णय प्रक्रियामा सहभागी गराउनु नै समावेशी लोकतन्त्रको आधार हो । सुरक्षित, पारदर्शी र प्रविधिमैत्री प्रणाली विकास गरी विदेशबाटै मतदान गर्ने व्यवस्था लागु गर्न सकिने सम्भावना आज पर्याप्त छन्, प्रश्न इच्छाशक्ति र प्राथमिकताको हो ।
लोकतन्त्र केवल देशभित्र बस्नेहरुको मात्र अधिकार होइन । जहाँ जहाँ नेपाली छन्, त्यहाँ उनीहरुको मतको मूल्य पनि बराबर हुनुपर्छ । राजेन्द्र लिङदेनको यो आवाजलाई सरकारले केवल राजनीति टिप्पणीका रुपमा होइन, लोकतन्त्र सुधारको गम्भीर सुझावका रुपमा लिनु आजको आवश्यकता हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *