समाचार

घरेलु हिंसाको ज्वलन्त चित्रः मौन समाज र कमजोर सुरक्षा संयन्त्र—

WhatsApp Image 2025 12 26 at 4.33.42 PM

घरेलु हिंसाको ज्वलन्त चित्रः मौन समाज र कमजोर सुरक्षा संयन्त्र—
सुनसरीको दुहबी नगरपालिका —३ मा भएको अमानवीय घटनाले फेरि एकपटक हाम्रो समाजभित्र लुकेर बसेको घरेलु हिंसाको डरलाग्दो स्वरुप उजागर गरेको छ । सामान्य भनाभनबाट सुरु भएको भनिएको घरायसी विवाद अन्ततः आगोमा परिणत हुन केवल व्यक्तिगत क्रुरता मात्र होइन, सामाजिक चेतना र राज्य संयन्त्रको असफलताको प्रतिबिम्ब पनि हो ।
३३ वर्षीय मुस्तफा शेखले आफ्नै श्रीमती २८ वर्षीया खुम्बु खातुन माथि पेट्रोल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अहिले उनी जीवन मृत्युको दोसाँधमा अस्पतालको शैयामा संघर्ष गरिरहेकी छिन् । यो केवल एक परिवारको पिडा होइन, सम्पूर्ण समाजका लागि लज्जास्पद चेतावनी हो ।
घरेलु हिंसा अझै पनि “घरभित्रकै कुरा” भन्दै नजर अन्दाज गरिनु, महिलामाथि हुने अपराधलाई मौन स्विकृत दिनु सरह हो । कानुन छ, कार्यान्वयन कमजोर छ । चेतना कार्यक्रम छन्, तर पिडित सम्म पुग्न सकेका छैनन् यस्तो अवस्थामा अपराधपछि मात्र सक्रिय हुने राज्य संयन्त्रले होइन, अपराध हुनुअघि नै रोकथाम गर्ने प्रणाली आवश्यक छ ।
आरोपीलाई प्रहरीले नियन्त्रणमा लिई ज्यान मार्ने उद्योगमा अनुसन्धान अघि बढाउनु सकारात्मक हो । तर, यसले मात्र न्याय पुरा हुँदैन । पिडितलाई उपचार, संरक्षण र न्याय दिलाउने सुनिश्चितता राज्यको पहिलो दायित्व हो ।
समाजले अब प्रश्न गर्नुपर्छ—कहिलेसम्म महिलाले आफ्नै घरभित्र असुरक्षित महसुस गर्नुपर्ने ? मौनता तोड्ने र हिंसाविरुद्ध उभिने समय यहि हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *