नेपाली राजनीतिमा फेरी एकपटक चकित पार्ने घटनाक्रम सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिमा रवि लामिछाने यथावत् रहने र काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहलाई आगामी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको खबरले राजनीतिक वृतमा नयाँ तरंग सिर्जना गरेको छ । यो सहमतिले परम्परागत दल संरचना भन्दा बाहिर उभिएको वैकल्पिक राजनीतिक धारलाई थप बलियो बनाउने संकेत दिइएको छ ।
रवि लामिछाने—जनआक्रोश, सुशासन र जवाफदेहिताको आवाजका रुपमा उदाएका नेता—पार्टी संगठन सुदृढ गर्दै नेतृत्वको निरन्तरता दिन चाहन्छन् । अर्कोतर्फ, बालेन शाह—व्यवस्थामाथि प्रश्न उठाउने, परिणाममुखी सोच बोकेका र युवा पुस्ताको भरोसाको प्रतिक—राष्ट्रिय नेतृत्वको रुपमा अघि सारिनु राजनीतिक परिदृश्यमा ठूलो परिवर्तनको संकेत हो ।
यो सहमतिले केवल व्यक्तिको भूमिका बाँडफाँड मात्र होइन, नयाँ राजनीतिक संस्कृतिको प्रयोगको संकेत पनि दिन्छ । परम्परागत सत्ता—केन्द्रित राजनीतिकबाट टाढा रही नीति, परिणाम र जवाफ देहितालाई केन्द्रमा राख्ने अभ्यास सफल हुन्छ कि हुँदैन भन्ने प्रश्न अब जनताकै हातमा पुगेको छ ।
तर, चुनौती पनि उत्तिकै छन् । अनुभव, संस्थागत संरचना, र शासन सञ्चालनको जटिलता सामना गर्न यो गठजोड कत्तिको सक्षम हुन्छ भन्ने कुरा व्यवहारमै प्रमाणित गर्नुपर्ने छ । उत्साह र अपेक्षा भन्दा माथि उठेर, विश्वसनीयता र स्थायित्व कायम राख्नु नै अबको मुख्य परिक्षा हो ।
यद्यपि,यो सहमति नेपाली राजनीतिक वैकल्पिक शक्तिको सम्भावनालाई पुनः जीवित गराउने संकेत हो । यदि शब्द होइन, कर्मले विश्वास जित्न सके, यो प्रयोग इतिहासमा नयाँ मोड बन्न सक्छ ।