समाचार

रास्वपामा नयाँ शक्ति समीकरणः कुलमान घिसिङ उपसभामुख बन्ने सहमति—

WhatsApp Image 2025 12 30 at 10.25.59 AM

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको राजनीतिक समीकरणले नयाँ मोड लिएको छ । पार्टी सभापति रवि लामिछाने र पूर्व ऊर्जा प्राधिकरण प्रमुख कुलमान घिसिङबीच उनलाई उपसभामुख बनाउने सहमति भएको खबरले राजनीति वृत्तमा तरंग पैदा गरेको छ ।
लामो समयदेखी सुशासन, कार्यकुशलता र परिणाममुखी नेतृत्वको प्रतिक मानिँदै आएका घिसिङको प्रवेशले रास्वपाको राजनीतिक पहिचानलाई अझ स्पष्ट बनाउने अपेक्षा गरिएको छ । यो सहमति केवल पद बाँडफाँडको बिषय नभई पार्टीको भावी रणनीति, सांगठनिक मजबुती र वैकल्पिक राजनीतिक धारलाई संस्थागत गर्ने प्रयासका रुपमा हेरिएको छ ।
रवि लामिछाने नेतृत्वमा रास्वपा नयाँ राजनीति संस्कारको दाबी गर्दै अघि बढिरहेको बेला, घिसिङ जस्तो प्रसासकिय अनुभव बोकेको व्यक्तित्वलाई अग्रपंक्तिमा ल्याउनु पार्टीको दीर्घकालीन सोचसँग जोडिएको संकेत हो । तर, यसले पार्टीभित्रको शक्ति सन्तुलन र निर्णय प्रक्रियामा कस्तो प्रभाव पार्छ भन्ने बिषयमा चासो पनि उत्तिकै बढेको छ ।
अब प्रश्न यो होइन कि सहमति भयो कि भएन, प्रश्न यो हो—यो सहमतिले नेपाली राजनीतिमा कस्तो परिवर्तनको ढोका खोल्छ ? आगामी दिनले त्यसको उत्तर दिनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *