समाचार

बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन –

WhatsApp Image 2025 12 30 at 4.25.21 PM

बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जियाको ८० वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ। पार्टीको मिडिया सेलका अनुसार उनको आज बिहान ६ बजे ढाकास्थित एभरकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
केही महिनादेखि गम्भीर स्वास्थ्य समस्याबाट पीडित रहेकी खालिदा जियाको अवस्था पछिल्लो समय झन् जटिल बन्दै गएको थियो। लामो समयदेखि उपचाररत रहँदै आएकी उनी बंगलादेशको राजनीतिक इतिहासमा प्रभावशाली नेतृका रूपमा चिनिन्थिन्।
खालिदा जियाले दुई पटक बंगलादेशको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै देशको राजनीति र लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। उनको निधनसँगै बंगलादेशी राजनीतिमा एउटा युगको अन्त्य भएको टिप्पणी हुन थालेको छ।
उनको निधनप्रति देश–विदेशबाट शोक सन्देशहरू आउन थालेका छन्।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *