काठमाडौंको तीनकुनेस्थित एक काठ गोदाममा आगलाhगी भएको छ। आगलागीपछि गोदामबाट बाक्लो धुवाँको मुस्लो उठिरहेको छ।
घटनास्थलमा दमकल तथा सुरक्षाकर्मी परिचालित भई आगो नियन्त्रणमा लिने प्रयास भइरहेको बानेश्वर वृत्तका डिएसपी हरि खतिवडाले जानकारी दिए। आगो फैलिन नदिन आवश्यक सुरक्षा सतर्कता अपनाइएको जनाइएको छ।
आगलागीको कारण र क्षतिको विस्तृत विवरण हालसम्म सार्वजनिक भएको छैन। आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि थप जानकारी आउने प्रहरीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस