समाचार

बाघको आक्रमणमा परेर सुर्खेतमा एक महिलाको मृत्यु –

WhatsApp Image 2026 01 07 at 4.29.18 PM

बाघको आक्रमणमा परेर सुर्खेतमा एक महिलाको मृत्यु –
सुर्खेतमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। भेरीगंगा नगरपालिका–०५, गेरवानीकी ५७ वर्षीया गंगा सारूको बाघको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतक गंगा सारू स्थानीय नरबहादुर सारूकी श्रीमती हुन्। घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ भने सुरक्षाकर्मी र सम्बन्धित निकायले घटनास्थलको निरीक्षण गर्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
वन्यजन्तुको आवागमन बढ्दै गएको क्षेत्रमा थप सुरक्षा उपाय र जनचेतना आवश्यक रहेको स्थानीयवासीले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस