करातेकी एरिका गुरुङ र क्रिकेटर दीपेन्द्रसिंह ऐरी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ अन्तर्गत वर्ष खेलाडी घोषित भएका छन्। राष्ट्रिय खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गरेको समारोहमा उनीहरूलाई उत्कृष्ट प्रदर्शनको कदरस्वरूप सम्मान गरिएको हो।
महिला करातेमा निरन्तर उत्कृष्ट नतिजा दिलाउँदै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई पहिचान दिलाएकी एरिका गुरुङ वर्ष खेलाडी बन्न सफल भइन्। यस्तै, नेपाली क्रिकेटको उचाइ बढाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएका अलराउन्डर दीपेन्द्रसिंह ऐरी पुरुषतर्फ वर्ष खेलाडी घोषित भए।
यसैगरी, खेलकुद क्षेत्रमा नयाँ बाटो खोल्दै प्रेरणादायी योगदान पुर्याएको मूल्याङ्कन गर्दै पलेसालाई ‘ट्रेलब्लेजर अफ दि इयर’ अवार्ड प्रदान गरिएको छ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डले हरेक वर्ष खेलाडी, प्रशिक्षक तथा खेलकुदसँग सम्बन्धित व्यक्तित्वहरूको योगदानलाई सम्मान गर्दै आएको छ।