समाचार

मनकामना मन्दिरमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको दर्शन –

WhatsApp Image 2026 01 08 at 2.00.10 PM

गोरखास्थित प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामना मन्दिरमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले दर्शन गरेका छन्। नेपाल भ्रमणका क्रममा मुख्यमन्त्री तामाङ सोमबार बिहान मनकामना मन्दिर पुगी विधिवत् पूजा–अर्चना गरेका हुन्।
दर्शनपछि मुख्यमन्त्री तामाङले मनकामना मन्दिर नेपाल–भारतबीचको सांस्कृतिक र धार्मिक आस्थाको साझा प्रतीक भएको उल्लेख गर्दै यसले जनस्तरको सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्। मन्दिर परिसरमा स्थानीय जनप्रतिनिधि, मन्दिर गुठीका पदाधिकारी तथा सुरक्षाकर्मीहरूले उनलाई स्वागत गरेका थिए।
उनको भ्रमणलाई धार्मिक आस्थासँगै नेपाल–सिक्किमबीचको ऐतिहासिक, सांस्कृतिक तथा आपसी सम्बन्ध सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस