साइबर अपराधको आरोपमा
पक्राउ परेका युवराज सफल उर्फ युवराज पौडेल एक रात हि’रासतमा बसेपछि हाजिरी जमानीमा रिहा हुनुुले अभिव्यक्ति स्वतन्त्रता, कानुनी प्रक्रिया र डिजिटल जिम्मेवारीबारे पुनः बहस सुरु गराएको छ। सामाजिक सञ्जालको बढ्दो प्रभावसँगै विचार र आलोचनाका सीमा कहाँसम्म भन्ने प्रश्न अझ जटिल बन्दै गएको छ।
कानुनले कसैलाई पनि अपराधबाट उन्मुक्ति दिन सक्दैन, तर अनुसन्धानको नाममा हुने हतारो, हिरासतको आवश्यकता र वैकल्पिक उपायको प्रयोगबारे राज्य संयमित देखिनुपर्छ। एक रातको हिरासतपछि जमानीमा रिहा हुनु स्वयंमा प्रारम्भिक अनुसन्धानको संकेत हो, तर यस्ता घटनाले नागरिकमा भय सिर्जना गर्न नहुने चेतावनी पनि दिन्छ।
डिजिटल स्पेस जिम्मेवारीसहित प्रयोग हुनुपर्छ भन्ने सन्देशसँगै, राज्यले अभिव्यक्ति स्वतन्त्रता र कानुनी कारबाहीबीच सन्तुलन कायम गर्नुपर्छ। साइबर अपराध नियन्त्रण आवश्यक छ, तर त्यसको आडमा असहज आवाज दबिने अवस्था लोकतन्त्रका लागि घातक हुन सक्छ।