समाचार

जनआन्दोलनको घाउ र जनताको सम्मान—

WhatsApp Image 2026 02 03 at 10.48.46 AM

जेन्जी आन्दोलनका क्रममा घाइते भएका पवन शाही अस्पतालबाट उपचार पछि घर फकिँदा कालिकोटका स्थानीयले उनलाई बाजासहित भव्य स्वागत गरेका छन् । यो दृश्य केवल स्वागतको औपचारिकता होइन, यो एउटा जनआन्दोलन प्रतिको जनसमर्थन र घाइते योद्धाप्रतिको सम्मानको प्रतिक हो ।
आन्दोलनमा घाइते हुनु दुर्भाग्य हो, तर अन्यायविरुद्ध आवाज उठाउँदा लागेको गौरवको चिन्ह पनि हो । पवन शाहीको चोटले सत्ताको कठोरता र नागरिकको शाहस दुवैलाई उजागर गरेको छ । कालिकोटका स्थानीयले गरेको यो स्वागतले देखाउँछ—जनताको चेतना अझै जीवित छ । जब कुनै युवा अन्याय विरुद्ध उभिन्छ, उसले केवल आफ्नो पीडा बोकेको हुँदैन, उसले हजाराँैको आशा बोकेको हुन्छ । आज पवन शाहीको घर फर्काइ केवल व्यक्तिगत पुनरागमन होइन, यो आन्दोलनको आत्मबललाई पुनर्जीवित गर्ने क्षण हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *