निर्वाचन पश्चात् देशको नेतृत्व उज्यालो नेपाल पार्टी ले गर्ने दाबी गर्दै पार्टीका केन्द्रीय नेता तथा ऊर्जाक्षेत्रका सफल व्यवस्थापकको रूपमा परिचित कुलमान घिसिङले ठूलो राजनीतिक सन्देश दिएका छन्।
देश लामो समयदेखि अस्थिरता, भ्रष्टाचार र कमजोर शासनको चक्रमा फसेको अवस्थामा घिसिङको यो दाबी केवल राजनीतिक अभिव्यक्ति मात्र नभई परिवर्तनप्रतिको जनआकांक्षाको प्रतिध्वनि पनि हो। लोडसेडिङ अन्त्य गरेर इतिहास रच्ने व्यक्तित्वका रूपमा परिचित घिसिङले राजनीति पनि परिणाममुखी हुनुपर्छ भन्ने सन्देश दिएका छन्।
उज्यालो नेपाल पार्टीले पारदर्शिता, सुशासन, रोजगारी र आत्मनिर्भर अर्थतन्त्रलाई मुख्य एजेन्डा बनाएको दाबी गर्दै आएको छ। यस्तो अवस्थामा घिसिङको आत्मविश्वासले पुराना शक्तिहरूलाई चुनौती दिँदै नयाँ राजनीतिक सम्भावनाको ढोका खोलेको छ।
प्रतिक्रिया दिनुहोस