समाचार

आज विश्व रेडियो दिवस –

WhatsApp Image 2026 02 13 at 11.23.50 AM

आज फेब्रुअरी १३ का दिन विश्वभर विश्व रेडियो दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। रेडियोको ऐतिहासिक योगदान, वर्तमान भूमिका र भविष्यका सम्भावनाबारे जनचेतना फैलाउने उद्देश्यले प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ।
यस वर्ष विश्व रेडियो दिवसको नारा “रेडियो र कृत्रिम बौद्धिकता (AI) एआई एउटा उपकरण हो, आवाज होइन” रहेको छ। यस नाराले आधुनिक प्रविधिको प्रयोगसँगै रेडियोको मौलिकता, मानवीय संवेदना र विश्वसनीय आवाजलाई अझ सुदृढ बनाउनुपर्ने सन्देश दिएको छ।
रेडियो ग्रामीण तथा दुर्गम क्षेत्रसम्म सूचना पुर्‍याउने भरपर्दो माध्यमका रूपमा अझै पनि लोकप्रिय छ। डिजिटल युगमा सामाजिक सञ्जाल र अनलाइन माध्यमको तीव्र विकास भए पनि रेडियोले आफ्नो प्रभाव कायम राख्न सफल भएको सञ्चार विज्ञहरू बताउँछन्।
नेपालमा एफएम रेडियोहरूको विस्तारसँगै समुदाय, शिक्षा, आपतकालीन सूचना तथा लोकतान्त्रिक चेतना फैलाउन रेडियोको भूमिका महत्वपूर्ण रहँदै आएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *