खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएपछि नेपाल आयल निगम (NOC) ले पहिलोपटक उपभोक्तालाई प्रत्यक्ष रूपमा ग्यास वितरण सुरु गरेको छ। निगमले काठमाडौंको टेकुस्थित डिपोबाट ग्यास सिलिन्डर वितरण थालेको जनाएको छ।
पछिल्लो समय बजारमा ग्यास नपाइने गुनासो बढेपछि निगमले वैकल्पिक व्यवस्था स्वरूप यो सेवा सुरु गरेको हो। निगमका अनुसार नियमित आपूर्ति प्रभावित भएपछि उपभोक्ताहरूलाई राहत दिन टेकुबाट प्रत्यक्ष वितरणको व्यवस्था गरिएको हो।
निगमका अनुसार नेपालमा पाइपमार्फत प्राकृतिक ग्यास (PNG) वितरण गर्ने योजना अझै प्रारम्भिक अध्ययन र नीतिगत तयारीको चरणमै रहेको छ। आवश्यक पूर्वाधार, लगानी र अन्तर्राष्ट्रिय आपूर्ति सम्झौताका कारण तत्काल कार्यान्वयन सम्भव नदेखिएको निगमको भनाइ छ।
हाल नेपाल एलपी ग्यासमा पूर्ण रूपमा आयातमा निर्भर छ।
प्रतिक्रिया दिनुहोस