हेटौंडा उपमहानगरपालिका–१६, हटियास्थित चिसापानी क्षेत्रमा संकास्पद वस्तु फेला परेपछि सुरक्षा निकाय सतर्क बनेका छन्। प्राप्त जानकारी अनुसार उक्त स्थानमा शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोलीसहितको संयुक्त टोली पुगेको छ। हाल उक्त क्षेत्र घेराबन्दी गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ भने वस्तुको प्रकृति पहिचान गर्ने काम भइरहेको छ।
प्रहरीका अनुसार वस्तु निष्क्रिय पार्ने प्रक्रिया जारी रहेको र सर्वसाधारणलाई घटनास्थल वरपर नजान अनुरोध गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस