राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको ‘परिवर्तन उद्घोष’ सभामा आज धनगढी मा उल्लेख्य जनसहभागिता देखिएको छ। कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आएका समर्थकहरूले सभास्थल भरिभराउ बनाएपछि धनगढीमा उत्साह र राजनीतिक चहलपहल बढेको छ।
कार्यक्रममा पार्टी नेतृत्वले सुशासन, रोजगारी, शिक्षा–स्वास्थ्यमा सुधार र भ्रष्टाचारविरुद्ध कडा अडानलाई मुख्य एजेन्डाका रूपमा अघि सारे। “राजनीतिमा नयाँ संस्कार र पारदर्शिता आवश्यक छ” भन्ने सन्देशसहित रास्वपाले ‘परिवर्तन’लाई जनस्तरसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
सभामा सहभागीहरूले “भ्रष्टाचारमुक्त नेपाल”, “युवा सहभागिता बढाऔँ” लगायतका नारा लगाउँदै परिवर्तनको माग दोहोर्याएका थिए। कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको र सुरक्षाका लागि व्यापक व्यवस्था मिलाइएको स्थानीय प्रशासनले जनाएको छ।
प्रतिक्रिया दिनुहोस