समाचार

विदेश पलायन बढ्दो, चुनावी प्रतिबद्धता कागजमै सीमित –

WhatsApp Image 2026 02 20 at 11.36.16 AM

पछिल्ला सात महिनामा ४ लाख ७२ हजारभन्दा बढी नेपाली रोजगारीको खोजीमा विदेशिएका तथ्यांकले देशको यथार्थ चित्र उजागर गर्छ। निर्वाचनपछि समृद्धिको सपना देखाइए पनि युवाका हातमा अवसर होइन, पासपोर्ट र टिकट पुगेको छ।
सरकार फेरिन्छ, अनुहार फेरिन्छन्, तर बाध्यता फेरिएको छैन। गाउँका घरहरू रित्तिँदै छन्, आँगनमा वृद्ध र बालबालिका मात्र बाँकी छन्। श्रम, पसिना र सपनाहरू विदेशी भूमिमा खर्चिनुपर्ने अवस्था अझै कायम छ।
रोजगार सिर्जना, उत्पादन वृद्धि र उद्यमशीलता प्रवर्द्धनको प्रतिबद्धता कागजमै सीमित हुँदा लाखौं युवाले बिदेसिनु नै विकल्प ठानिरहेका छन्। रेमिट्यान्सले अर्थतन्त्र धानिए पनि देशभित्रै अवसर नबनिएसम्म गरिबीको चक्र तोडिन सक्दैन।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *