राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन १२ गते कोशी प्रदेशस्तरीय आमसभा आयोजना गर्ने भएको छ। इटहरी–१७ स्थित भाटभटेनी नजिक हुने उक्त आमसभामा पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह ले संयुक्त सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
पार्टीले आमसभालाई कोशी प्रदेशमा संगठन सुदृढीकरण र आगामी राजनीतिक कार्यदिशा सार्वजनिक गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ। शीर्ष नेतृत्वको संयुक्त उपस्थितिले कार्यक्रमलाई थप अर्थपूर्ण र प्रभावशाली बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस