२६ भदौ, काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले ग्यासको खाली सिलिण्डको मूल्य तोकेको छ । पहिलो चरणमा गत असोज २ गते बागमती प्रदेशमा सञ्चालित उद्योगहरुको मात्र ग्यासको सिलिण्डरको मूल्य तोकेको संघले दोस्रो चरणमा दुर्गन जिल्लाबाहेक देशैभरी एकै मूल्य तोकेको हो ।
संघले आगामी असोज २८ गतेदेखि लागु हुने गरी देशैभरीका उद्योगहरुको सिलिण्डरको मूल्य प्रतिसिलिण्डर दुई हजार एक सय रुपैयाँ तोकेको छ । यसअघि बागमती प्रदेशमा समेत संघले सोही मूल्य तोकेको थियो ।
संघले सार्वजनिक सूचना जारी गरी उपभोक्ताहरुलाई नयाँ सिलिन्डर खरिद गर्दा बिक्रीताहरुबाट उद्योगको धरौटी अनिवार्य रसिद लिन पनि आग्रह गरेको छ । धरौटी रसिद नलिएका सिलीन्डरको दायित्व उद्योगले नलिने जारी सूचनामा उल्लेख छ ।
नेपाल आयल निगमका अनुसार हाल ५६ वटा ग्यास उद्योगका एक करोड भन्दा बढी ग्यास सिलिन्डर रहेका छन् ।