समाचार

कमला नहरमा डुबेर १ पुरुषको मृत्यु

bead body tag

२६ भदौ, सिरहा । सिरहाको कर्जनहा नगरपालिकास्थित कमला नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्जन्हा नगरपालिका–५ निवासी ३५ वर्षीय कासिम सदा रहेको प्रहरीले जनाएको छ ।

घर नजिकैको कमला नहरमा नुहाउन गएका सदा आइतबार साँझ बेपत्ता भएका थिए ।

खोजतलासका क्रममा आज बिहान सदाको शव फेला परेको इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ । सदाको शव नहरको उत्तरपट्टि बालुवामा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस